अवैध रुपमा सट्टा बाजी खेल खेलाउने पक्राउ

काठमाडौं, ३० असार

       हाल भइरहेको विश्व कप फुटवल प्रतियोगितामा सट्टेबाजी गर्ने बुढानिलकण्ठ नगरपालिका–१० निलोपुल बस्ने  ३३ वर्षीय अर्नुप श्रेष्ठ, ४४ वर्षीय राजकुमार भडेल र ३४ वर्षीय सुरेन्द्र मानन्धरलाई नगद २ लाख ६ हजार ७ सय २० रुपैयाँ, बैंकको चेक ४ लाख १५ हजार रुपैयाँको, बैंकमा डिपोजिट गरेको १४ लाख ५० हजारको रसिद, आईएमईबाट झिकेको ६१ हजार ९ सय ३२ रुपैयाँको रसिद सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।