घरको छतबाट खसेर मृत्यु

सुनसरी, ३१ असार
    आफ्नै एकतले घरको छतबाट खसेर बेहोश भएका ईटहरी उपमहानगरपालिका-२० तरहरा पुष्पलाल चोक बस्ने ४० वर्षीय जनक कटुवालको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।