करेन्ट लागेर मृत्यु
सिराहा, ३१ असार
आफ्नै घरमा बिजुलीको पंखाको तार जोडने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका गोलबजार नगरपालिका-७ पुरानो चोहर्वा बस्ने ५५ वर्षीय सगमलाल महतोको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

