मृत अवस्थामा फेला

काठमाडौं, ३१ असार
    काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुंगा बस्ने ४४ वर्षीय शिवकुमार कोइराला आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    ललितपुर : ललितपुर महानगरपालिका-१३ विष्णुदेवी ओरालोस्थित बाटोमा हाल ललितपुर नख्खुखोला बस्ने ५५ वर्षीय रामबहादुर खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    पाल्पा : रैनादेबी छहरा गाउँपालिका-८ ईन्सिया बस्ने ७२ वर्षीय  ङ बहादुर गाहा घर नजिकै भित्री सडकको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    रौतहट : कटहरिया नगरपालिका-१ भसेडवा बस्ने ६५ वर्षीया हेमन्ती देवी घर नजिकै कच्ची सडकको छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।