उपचारको क्रममा मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ३१ असार
    कावासोती नगरपालिका-१६ डण्डास्थित यात्रु प्रतिक्षालयमा शनिबार बिरामी अवस्थामा फेला पारेका हाल नाम, थर, वतन नखुलेका करीव ५५ वर्षीय पुरुषलाई उपचारको लागि मध्यविन्दु सामुदायिक अस्पताल डण्डा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।