विभिन्न धनमाल चोरी

काठमाडौं, ३१ असार
    धादिङ : सिद्धलेख गाउँपालिका-५ साँतभन्ज्याङ बस्ने रामबहादुर श्रेष्ठको घरबाट नगद १ लाख ६० हजार रूपैयाँ र जग्गाको ३ वटा लालपुर्जा शनिबार चोरी भएको छ ।
    मोरङ : रतुवामाई नगरपालिका-८ डाम्रभिट्टा महाराजथान बस्ने खेमराज नेपालको घरबाट नगद २५ हजार रूपैयाँ, सुनका बिभिन्न गरगहना अंदाजी ४ तोला र चाँदी १२ तोला शनिबार चोरी भएको छ ।
    फरार चोरहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।