जुवा तास खेल्ने पक्राउ

काठमाडौं, ३१ असार
    काठमाडौं महानगरपालिका-२९ अनामनगरमा जुवातास खेलीरहेको अवस्थामा साँखु बस्ने ५१ वर्षीय कृष्णगोपाल डंगोल समेत ६ जनालाई नगद २६ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
    भक्तपुर : मध्यपुर ठिमी नगरपालिका-८ वोडेस्थित  दोलखाका २५ वर्षीय रामहरी कार्कीको डेराकोठामा जुवातास खेलिरहेको अवस्थामा सिम्धुपाल्चोक घर भई हाल वोडे बस्ने २५ वर्षीय भुवन थापा समेत ५ जनालाई नगद २५ हजार ८० रुपैयाँ  र ३ बुक तास सहित शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
    मोरङ : बिराटनगर महानगरपालिका-९ बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३९ वर्षीय चन्द्रशेखर अग्रवाल समेत ६ जनालाई ३ बुक तास र नगद ३९ हजार २ सय ७० रुपैयाँ सहित शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।