भरूवा बन्दुक बरामद
सुनसरी, ३१ असार
धरान उपमहानगरपालिका-२० सालघारी डाँडास्थित गोरेटो बाटोमा बोराभित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाको प्रहरीले शनिबार फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

