डुबेर मृत्यु

काठमाडौं, ३१ असार
    सर्लाही : सर्लाही कबिलासी नगरपालिका-८ अगर्वाटोलस्थित मामाघर आएका हरिवन नगरपालिका-९ बस्ने बिजय ठाकुरको ३ वर्षीय छोरा आदित्य ठाकुर घरको आँगनमा खेलिरहेको अबस्थामा घर अगाडिको धाराको पानी निकास गर्ने खाल्डोमा डुबेर आइतबार मृत्यु भएको छ ।
    धनुषा : मिथिला नगरपालिका-१ भुतही पटेर्वा घर भई हाल सोही नगरपालिका-६ सिर्शियास्थित मामाघरमा बस्दै आएका रामपुकार यादवको ३ वर्षीय छोरा छोट्टु यादवको आइतबार डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा घर अगाडिको नालामा डुब्दा वेहोस भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।