चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ

काठमाडौं, ३१ असार
    भक्तपुर सांगा-५ बस्ने ४५ वर्षीय रबि खत्रीलाई चोरी गरिरहेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौं महानगरपालिका नारायणहिटी पश्चिम गेटको अगाडि पोलमा रहेको सिसीक्यामेरा र साउण्ड बक्स झिक्न लागिरहेको अवस्थामा खत्रीलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १२ थान सिडी चक्का र १ थान लेडिज पर्स समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।