खुकुरी प्रहार गर्ने पक्राउ

खोटाङ, ३१ असार
    खुकुरी प्रहार गरेको अभियोगमा खोटेहाङ गाउँपालिका-९ रसुवाघाँट बस्ने ३५ वर्षीय काले माझीलाई खुकुरी सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।
    मादक पदार्थ सेवन गरी उनले सोही स्थान बस्ने ५३ वर्षीय ध्यानबहादुर माझीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि उदयपुर गाईघाट लगिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।