दबंग द टुर कार्यक्रम देखाउने भनि ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं, ३१ असार
    आवर ड्रिम्स कम्पनी मार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि बिभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा आवर ड्रिम कम्पनीका संचालक काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ३८ वर्षीय सिमान्त गुरुङ र सोही कम्पनीका सुपरभाईजर काठमाडौं महानगरपालिका-५ टोखा बस्ने २८ वर्षीय रबिन के.सी रहेका छन् ।
     घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।