हातहतियार सहित पक्राउ
काठमाडौं, ३१ असार
ललितपुर महानगरपालिका-१४ नख्खीपोटबाट मेड ईन जर्मन लेखिएको पेस्तोल १ थान, ५ राउण्ड गोली र २ थान म्याग्जीन सहित ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल, नख्खीपोट बस्ने रामेछाप दोरम्बा डडुवा गाउँपालिका-१ का २३ वर्षीय अंशुराम मोक्तान र काठमाडौं घट्टेकुलो बस्ने रामेछाप लिखू गाउँपालिका-१ का २४ वर्षीय कृष्णबहादुर जोगी रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

