कम्वाइन्ड रेस्क्यू टेक्निक्स तालिम समापन

काठमाडौं, ३१ असार
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित छैठौं  समूहको कम्वाइन्ड रेस्क्यू टेक्निक्स तालिम सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
    उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपत परेको अवस्थामा ज्यानको प्रवाह नगरी उद्दार कार्यमा खटिन तालिममा सिकेका ज्ञान, सीपलाई सही सदुपयोग गरी काम गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
    कार्यक्रममा प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै असार २४ गतेबाट संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।