डुबेर मृत्यु तथा बेपत्ता

काठमाडौं,३२ असार
    रुपन्देही : सिद्धार्थनगर नगरपालिका–९ बस्ने ११ वर्षीय ईसान भुषालको आइतबार डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    यसैगरी रुपन्देही रोहणी गाउँपालिका–५ ईमिलीहवा बस्ने रामदश यादवको ३ वर्षीय छोरा अविशेक यादव घर नजिकै बनाउँदै गरेको कच्ची बाटोमा पानी जमेको खाल्डोमा आइतबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका  छन् ।
    बारा : बिश्रामपुर गाउँपालिका–३ कान्तिपुर बैरिनिया बस्ने श्यामबाबु साहको साढे २ वर्षीय छोरा मुसुबाबु साह घर छेउको बङ्गेरी खोलामा आइतबार खसेर बेहोस भएकोले उपचारको लागि वीरगंज एडभान्स अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    नुवाकोट : किस्पाङ गाउँपालिका–५ बस्ने ८ वर्षीय मुना तामाङ आइतबार त्रिशुली खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।