मृत अवस्थामा फेला

 काठमाडौं,३२ असार
    डोल्पा : त्रिपुरा सुन्दरी नगरपालिका–८ स्थित मकैवारीमा कैलाली लम्की नगरपालिका–३ वलचौर घर भई हाल डोल्पामा मादल तथा भाडा बिक्री मर्मत गर्न आएका ५६ वर्षीय प्रेम वादी आइतबार मृत अबस्थामा फेला परेका छन् ।
    कास्की : पोखरा लेखनाथ महानगरपालिका–१५ टुटुङगा बसपार्क नजिकै खाली चौरमा सोही महानगरपालिका–१७ बिरौटा बस्ने गोरखा हरिभञ्ज्याङ–६ का ४० वर्षीय भरत भण्डारी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    दोलखा : जिरी नगरपालिका–७ खांवा बस्ने ३७ वर्षीया लुकुडोमा शेर्पा सोही ठाउँमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
    कंचनपुर : असार २६ गतेदेखि सम्पर्क बिहीन भएकी कृष्णपुर नगरपालिका–८ बस्ने १७ वर्षीया कविता बिष्टको खोजतलास गर्ने क्रममा सोही नगरपालिका-२ आमखैया खोलामा आइतबार सडीगलेको अबस्थामा शव फेला परेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।