सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, ३२ असार
दाङ : तुल्सीपुर उपमहानगरपालिका–८ दुधेनामा रा.१ प ६१५१ नम्बरको मोटरसाइकलले आइतबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर बस्नेतको अंचल अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही : बागमती नगरपालिका–११ पुतलीचोकमा बा.१८ च ७०२६ नम्बरको कारले स.९ प ४२३२ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक सोही ठाउँ बस्ने ३५ वर्षीय जिलानी शेख र धनुषा सबैला सघुनाथपुर बस्ने ४० वर्षीय अमिने शेख गम्भीर घाइते भएकोले उपचारको लागि नमुना अस्पताल हरिवन पठाइएकोमा चालक जिलानीको उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठान : गौमुखी गाउँपालिका–७ स्थित भित्री सडकमा लु.१ ज १७४३ नम्बरको जिप रोकी रहेको अवस्थामा आइतबार पछाडी ब्याक हुन गई दुर्घटना हुँदा जिपमा सवार ३ जना घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी नारीकोट पठाइएकोमा गौमुखी गाउँपालिका–५ बस्ने ५४ वर्षीया कन्यादेबी थापा मगरको उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुर : त्रियूगा नगरपालिका–६ स्थित सडकमा भारतको फारबिसगन्जबाट जन्ती लिएर आएको बिआर ११ जे ४४२८ नम्बरको बस आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार भारत बनबन पुनरीया बस्ने ३२ वर्षीय मनोज दास गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

