लागूऔषध सहित पक्राउ
काठमाडौं, ३२ असार
मोरङ : बिराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय खेम रानामगरलाई लागूऔषध डाइजेल्याप १७ एम्पुल, लुपिजेसिक १७ एम्पुल, एभिल १८ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी मोरङ बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट छेउबाट लेटाङ नगरपालिका–११ बस्ने १९ वर्षीय दिपेश तिवारी सहित ४ जनालाई लागूऔषध नाइट्रोसन ट्याव्लेट १ सय ९ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर : मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनोहरा नरेफाँटबाट लोकन्थली बस्ने २९ वर्षीय कृष्ण डंगोल सहित ४ जनालाई लागूऔषध नाइट्रोभेट ट्याब्लेट ३० थान र कप केयर १ बोत्तल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

