हतियार सहित पक्राउ

काठमाडौं, ३२ असार
    बर्दिया : बढैयाताल गाउँपालिका–२ बस्ने २६ वर्षीय खुमबहादुर थापा र २४ वर्षीय खडक सुनारलाई बाह्रबोर बन्दुक १ थान र सोको गोली २ राउण्ड सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरुले भे.२ प २२८८ नम्बरको मोटरसाइकलमा हतियार बोकी हिँडेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ सितापुरबाट उक्त बन्दुक र गोली सहित उनीहरुलाई पक्राउ गरेको हो ।
    यसैगरी सोही गाउँपालिका–१ बस्ने डम्मरबहादुर खड्काको घरबाट समेत एकनाल भरुवा बन्दुक आइतबार प्रहरीले बरामद गरेको छ ।
    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।