सर्पले टोकेर मृत्यु तथा घाइते

दाङ, ३२ असार
    तुलसीपुर उपमहानगरपालिका-८ बस्ने सुके राम बिकको ४ वर्षीय छोरा झकेन्द्र बिकको सोमबार सर्पले टोकेर मृत्यु भएको छ भने ११ वर्षीया छोरी अनिता बिक घाइते भएकी छन् । घरमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा गम्भीर घाइते भएका उनीहरूलाई अंचल अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि भेरी अंचल अस्पताल बाँके लगिएकोमा उपचारको क्रममा झकेन्द्रको मृत्यु भएको हो ।