करेन्ट लागेर मृत्यु


कपीलबस्तु, ३२ असार
    शिवराज नगरपालिका-९ भगवानपुर बस्ने १८ वर्षीय शत्रुधन चौधरीको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको धारामा जोडेको मोटरको तारबाट करेन्ट लागेर अशक्त भएको उनको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
    यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।