सवारी दुर्घटनाबाट मृत्यु

काठमाडौं, ३२ असार
    उदयपुर : कटारी नगरपालिका-१४ भदौरेस्थित कटारी घुर्मी सडकखण्डमा ना.४ ख.८०७९ नम्बरको मिनीट्रक सोमबार अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ सिरिसे बस्ने ३२ वर्षीय मोहन तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सह-चालक सिन्धुली कत्लेखोला नगरपालिका बस्ने २२ वर्षीय पूर्ण सुनुवार समेत गम्भीर घाइते भएकाले उपचारको लागि घुर्मीतर्फ पठाइएको छ ।
    रौतहट : बृन्दाबन नगरपालिका-६ पिपरा टोलमा बिआरओ १ पिसि २८११ नम्बरको स्कारपिओ गाडीले सोमबार सोही ठाउँ बस्ने ६० वर्षीय शेख ईसराईल र ३० वर्षीया सहनाज खातुनलाई ठक्कर दिँदा शेख ईसराईलको घटनास्थलमै मृत्यु भएको छ । घाइते खातुनलाई उपचारको लागि चपुरतर्फ पठाइएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    दुर्घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।