जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोलुखुम्बु,३२ असार
    जवरजस्ती करणी गरेको अभियोगमा लिखुपिके गाउँपालिका-५ बस्ने ५५ वर्षीय जयबहादुर थामीलाई प्रहरीले पक्राउ गरेको छ ।
    थामीले असार २७ गते सोही ठाउँ बस्ने मानसिक सन्तुलन ठिक नभएको बताइएकी ३६ वर्षीया महिलालाई मकैबारीमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी किन्जामा निबेदन दिएपछि घटना पश्चात फरार रहेका जयबहादुरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।