विदेश फरार भएका प्रतिवादी पक्राउ

काठमाडौं, ३२ असार
    विदेश फरार भएका प्रतिवादी सिन्धुली मनिणठाकुर गाउँपालिका-४ बस्ने राहदानी नम्बर ०६३०५८७० बाहक ३१ वर्षीय सिंहलाल थिङ पक्राउ परेका छन् ।
    थिङले २०७४ असोज २२ गते विदेशबाट सामान ल्याइदिएको बहानामा एक २५ वर्षीया महिलालाई बर्दिवास बजारस्थित होटल विनायकमा लिएर गई विभिन्न धाकधम्की डरत्रास देखाई जवरजस्ती करणी गरेको भनी ईलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीमा २०७४ असोज २५ गते दर्ता भएको जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीको खोजतलास तथा अनुसन्धानको सिलसिलामा विदेश गएको हुनसक्ने सूचना प्राप्त भएकोले २०७४ पुस २६ गते प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत् डिफ्युजन नोटिस जारी गरिएको थियो ।
    इन्टरपोलसँगको समन्वय र इन्टरपोल संयुक्त अरव इमिरेट्स प्रहरीको सहयोगमा प्रतिवादी थिङलाई आइतबार नेपाल ल्याई सोमबार आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ ।