हतियार सहित पक्राउ
ललितपुर, ३२ असार
ललितपुर तिखिदेवलबाट पेस्तोल २ थान सो मा लाग्ने म्याग्जिन ३ थान, ५६ राउण्ड गोली, तरबार २ थान, खुकुरी २ थान र चक्कु ६ थान सहित २ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ खुमलटार घर भई तिखिदेवल –१४ बस्ने ४५ बर्षीय रोशन सुव्बा लिम्बु र नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका मंगलबजार बस्ने ३८ बर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।
ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट आइतबार पेस्तोल सहित ३ जना पक्राउ परेपछि थप अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

