उपचारको क्रममा मृत्यु
दाङ, १ साउन
जंगलबाट ल्याउको च्याँउ पकाएर खाँदा असक्त भएका घोराही उपमहानगरपालिका-१९ पाँचपोखरी बस्ने ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको छ ।
असार २७ गते जंगलबाट च्याँउ ल्याई पकाएर खाँदा गम्भीर बिरामी भएका घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

