नगद लगायतका धनमाल चोरी
मोरङ, १ साउन
बिराटनगर महानगरपालिका-७ नौलखामार्ग बस्ने जितेन्द्र नौलखाको घरमा सोमबार कोही नभएको अबस्थामा ढोकाको ताला फोडी नगद नेपाली रुपैयाँ ३ लाख १० हजार, भारतीय रुपैयाँ १० हजार र १ तोला सुनको औठी चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

