पाँच तला माथिबाट खसेर मृत्यु

बाँके, १ साउन
    नेपालगंज उपमहानगरपालिका-१ स्थित निर्माणाधिन भवनमा काम गर्ने भारत कानपुर बस्ने २२ वर्षीय मनु कुमार गौतमको ५ तला माथिबाट खसेर मृत्यु भएको छ । सोमबार राति काम सकेर सुत्न जाने क्रममा उक्त भवनबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपालगंज नर्सिङ होमतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।