सवारी दुर्घटनामा मृत्यु
काठमाडौं,१ साउन
सप्तरी : सुरुङ्गा नगरपालिका-५ कुशाहास्थित ना.६ ख ४६८० नम्बरको ट्रकले ना.९प ८९८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालक सिराहा लहान नगरपालिका-८ बस्ने ५० वर्षीय रामशरण चौधरी गम्भीर घाइते भएकोले उपचारको लागि सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट : गुजरा नगरपालिका-३ पशुपती टोलस्थित ना.६त ५८४२ नम्बरको ट्याक्टरबाट अचानक खसेका सोही नगरपालिका-४ बस्ने ३२ वर्षीय जगत चौधरीको टयाक्टरको चक्काले किच्दा सोमबार घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
सोलुखुम्बु : दुधकुण्ड नगरपालिका-३ बोल्दोस्थित लु.२ त ६४९२ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय जिवन तामाङ घाइते भएकोले उपचारको जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (सुस्ता पूर्व) : गैंडाकोट नगरपालिका-१० लाङ्घाली चोकस्थित राजमार्गमा मंगलबार नम्बर खुल्न नसकेको सवारी साधनले हाल नाम, थर, वतन नखुलेका करीव ३५ वर्षीय पुरुषलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

