लागूऔषध सहित पक्राउ
काठमाडौं,१ साउन
मकवानपुर : मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीया ज्ञानु मोक्तानलाई सोही ठाउँको खरङगा जङ्गलबाट लागूऔषध गाँजा डेढ किलो सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके : रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका पैदलयात्री जानकी गाउँपालिका-६ पिप्रहवा बस्ने २२ वर्षीय रामु चौहानलाई १.५ ग्राम लागूऔषध ब्राउन सुगर सहित नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

