बिभिन्न धनमाल चोरी

काठमाडौं, १ साउन
    भक्तपुर : सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने मोरङ विराटनगर महानगरपालिका-१४ घर भएका सन्तोष घिमिरेको घरको बाथरुमको झ्यालबाट प्रवेश गरी मोवाईल २ थान र १ थान ल्यापटप समेत गरी करीव १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
    महोत्तरी : जलेश्वर नगरपालिका-८ रतवारा बस्ने लब ठाकुरको घरको पछाडीबाट भर्‌र्याङ लगाई कोठा भित्र ट्याङकामा राखेको नगद, सुनचाँदी तथा कपडा समेत गरी करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
    फरार चोरहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।