डुबेर मृत्यु
सर्लाही, १ साउन
कबिलासी नगरपालिका-५ रनिया टोल बस्ने अशोक मण्डलको ४ वर्षीय छोरा रबिन्द्र मण्डलको मंगलबार घरदेखि अन्दाजी १ सय मिटर टाढा राम जानकी मठको पोखरीको छेउमा साथीहरुसंग खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

