सवारी दुर्घटनामा मृत्यु
धनुषा, १ साउन
गणेशमान चारनाथ नगरपालिका-६ चारनाथ पुल नजिक ना.१ च ६६६१ नम्बरको गाडीले ज.११ प.४८५३ र स.७ प ६६३२ नम्बरको मोटरसाइकललाई मंगलार ठक्कर दिँदा ज.११ प. ४८५३ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय राम गुलाम मण्डलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा सवार २८ वर्षीय अन्जय कुमार मण्डल र स.७ प ६६३२ नम्बरका चालक धनुषाधाम नगरपालिका-८ बस्ने ४८ वर्षीय बिरमान लामा घाइते भएकाले मण्डललाई उपचारको लागि स्थानीय मेडिकलमा र लामालाई दुखनी देबी मेमोरियल अस्पताल बीरेन्द्रबजारमा पठाइएको छ । फरार गाडी चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

