छोराको कुटपिटबाट बाबुको मृत्यु
सोलुखुम्बु, १ साउन
आफ्नै छोराको कुटपिटबाट दुधकुण्ड नगरपालिका-९ सानो खाम्दिङ बस्ने ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ । शेर्पालाई सोमबार उनकै १८ वर्षीय छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएकोमा मंगलबार घरमै मृत्यु भएको थियो ।
घटनापछि तेन्जी शेर्पा र उनको साथी सोही ठाउँ बस्ने १९ वर्षीय फुरे तामाङ समेत भागी फरार रहेकाले प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

