सुन सहित पक्राउ

काठमाडौं,१ साउन
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एयर अरवियनको उडान नम्बर जि ९५३९ मा आएका भारतीय नागरिक राहदानी नम्बर के ३३३२७७२१ वाहक रइज अहमदलाई मुखमा लुकाई ल्याएको १ सय १६ ग्राम काँचो सुन २ टुक्रा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    निजलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।