चोरी गर्ने पक्राउ
काठमाडौं, १ साउन
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेका भक्तपुर चागुनारायण नगरपालिका-७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
गत जेठ १५ गते रातीको समयमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ कुण्डोल भगवती मार्ग स्थित नविन बुढाथोकीको घरमा दराज फुटाई नगद तथा सुन चाँदीका गर गहना समेत गरी करीव ७ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त ठिमीको संयुक्त प्रहरी टोलीले चोरी गरेको बिभिन्न धनमाल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

