बिभिन्न प्रलोभनमा पारी मानव ओसारपसारमा संलग्न पक्राउ

काठमाडौं,१ साउन
    बैदेशिक रोजगारमा लैजाने भन्दै विभिन्न प्रलोभनमा पारी मानव ओसारपसार कार्यमा संलग्न काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ का २७ वर्षीय सुनिलकुमार तामाङलाई काठमाडौं शंकरापुर नगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    तामाङले आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितलाई दुबई हुँदै ओमन पु‌र्‌याएको र शारीरिक तथा मानसिक यातना दिई २१ महिनासम्म घरेलु कामदारको रुपमा राखी चरम यातना पाइरहेको अवस्थामा नेपाली राजदूतावासको सहयोगमा नेपाल फिर्ता भएको घटनामा संलग्न तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
    सोही घटनामा संलग्न मकवानपुर हेटौंडा घर भई ललितपुर सातदोबाटो बस्ने ५३ वर्षीय राजेन्द्र बाँनिया २०७४ जेठ २९ गते पक्राउ परीसकेका छन् । पक्राउ परेका तामाङलाई मानव वेचविखन तथा ओसार पसार मुद्धामा मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।