नगद लगायतका धनमाल चोरी

काठमाडौं, २ साउन
    काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-८ बीरभद्र चोक बस्ने खेमराज गिरीको घरको भुई तलाको ढोकाको ताल्चा तथा झ्यालको ग्रिल तोडेर नगद ५ लाख रुपैयाँ, सुनका बिभिन्न गहना समेत गरी करीव ११ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।
    भक्तपुर : सूर्यबिनायक नगरपालिका-५ कटुन्जे घट्टेखोला बस्ने नरबहादुर सिवाकोटीको घरबाट सुनको बिभिन्न गरगहना सहित करीव ६ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।
    फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।