खोलाले बगाएर तथा डुबेर मृत्यु
काठमाडौं,२ साउन
रुपन्देही : लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुजनदिहवा बस्ने मोहमद मुसलमानको २ वर्षीया छोरी साजमा खातुनको मंगलबार घर अगाडि रहेको पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको छ ।
पर्वत : कुश्मा नगरपालिका-११ पकुवा गगंटे बस्ने ५३ वर्षीय मनिराम बि.क.को मंगलबार जरेखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

