पहिरोले घर भत्कँदा मृत्यु तथा घाइते

पर्वत, २ साउन
    जलजला गाउँपालिका-८ लस्ति बेरनेटा बस्ने बमबहादुर परियारको घर गएराति पहिरोले पुरिदाँ परियारको १६ बर्षीय छोरा बिकास परियारको मृत्यु भएको छ ।  पहिरोले सोही ठाउँ बस्ने भिमलाल आचार्यको घर समेत भत्कदा ३ जना घाइते भएकोले उपचारको लागि अंचल अस्पताल धौलागिरी पठाइएको छ ।
    उक्त स्थानमा स्थानीय प्रहरीले उद्धार कार्य गरिरहेको छ ।