मृत अवस्थामा फेला

काठमाडौं,२ साउन
    तेह्रथुम : फेदाप गाउँपालिका-४ सम्दु बस्ने ७८ वर्षीय बलबीर राई मंगलबार सोही ठाउँस्थित संगपु भन्ने स्थानको खाली चौरमा मृत अवस्थमा फेला परेका छन् ।
    बझाङ : बुंगल नगरपालिका-१ ऐचेलीबगर स्थित कलंगा हाईड्रो पावरमा हेल्परको काम गर्ने कंचनपुर शुक्लाफाँटा नगरपालिका-७ घर भएका ३५ वर्षीय धनबहादुर बोहरा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
    कास्की : पोखरा लेखनाथ महानगरपालिका-२१ निर्मल पोखरी स्थित मकै बारीमा मालडाँडा घर भई फेदिपाटनमा काम गरी बस्ने लक्षु मल्ल नाम गरेका ब्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।