पर्खाल ढलेर लाग्दा मृत्यु

धनुषा, २ साउन
    मिथिला बिहारी नगरपालिका-१० ठेरा बस्ने ३४ वर्षीय ईन्दल मुखियाको मंगलबार पर्खाल ढलेर लाग्दा मृत्यु भएको छ । सोही ठाउँ स्थित भित्रि सडकको नाला खन्ने क्रममा राजेन्द्र साहको पुरानो कम्पाउण्डको पर्खाल ढलेर लाग्दा गम्भीर घाइते भएका उनको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।