सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २ साउन
    दाङ : तुल्सीपुर उपमहानगरपालिका-१२ जनबहार चोकस्थित रा.१ख १५६७ नम्बरको ट्रकले मंगलबार सोही ठाउँ बस्ने ४५ वर्षीय जुद्धबहादुर के.सी.लाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले राप्ती अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    कंचनपुर : कृष्णापुर नगरपालिका-६ आमखैयास्थित म.१ज २३० नम्बरको हाईस गाडी र बा.१० च ४९१८ नम्बरको जिप मंगलबार एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा जीप चालक सहित ११ जना घाइते भएकोले उपचारको  लागि पद्मा अस्पताल कैलाली पठाइएकोमा उपचारको क्रममा सोही ठाउँ बस्ने २४ वर्षीया रीना चौधरी र उनको १ वर्षीय छोरा रिदम चौधरीको मृत्यु भएको छ । घाइते मध्ये २ जना उपचार पश्चात  घर फिर्ता भएका छन् । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।