भरुवा बन्दुक बरामद मोरङ, २ साउन कानेपोखरी गाउँपालिका-५ जहदा स्थित श्री जन जागृति सामुदायिक वन क्षेत्रमा नयाँ नर्सरी बनाउन जंगल फाँड्ने क्रममा मंगलबार भरुवा बन्दुक १ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।