सालक मारी फालेको अभियोगमा पक्राउ
काठमाडौं,२ साउन
सालक मारी फालेको अभियोमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने ३५ वर्षीय राजेन्द्र मिजारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मिजारले मादक पदार्थ सेवन गरी झगडा गरिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा शिवपुरी राष्ट्रिय निकुञ्जको एरियामा मिजारले सालक मारी फालेको भन्ने खुल्न आएको र सो क्षेत्रमा खोजतलास गर्दा १९ वटा सालकको खपडा फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मिजारलाई उक्त खपडा सहित आवश्यक कारवाहीको लागि शिवपुरी राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको छ ।

