सुन सहित पक्राउ
काठमाडौं,२ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एयर अरेवियाको उडानद्धारा सारजाहा हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर एन ९३८३७५६ वाहक महमत अजामलाई हेण्ड व्याग भित्र लुकाई ल्याएको सुन जस्तो देखिने १ सय ३९ ग्रामको २ थान पहेलो धातु सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले महमतलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।

