लागूऔषध सहित पक्राउ
काठमाडौं, २ साउन
काठमाडौं : गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट बा.९० प १८२० नम्बरको स्कुटरमा सवार झापा गौरादह नगरपालिका-७ घर भई हाल भक्तपुर कौशालटार बस्ने ४२ वर्षीय भुपाल बिष्ट र रौतहट पिपरिया-४ घर भई हाल काठमाडौं सिनामंगल स्थित मोरङ गेष्टहाउसमा बस्ने ३२ वर्षीय दिपेन्द्र रायलाई स्कुटरको डिकीमा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी १९ बोतल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ्ग : कानेपोखरी गाउँपालिका-४ धम्कुवा बस्ने ३२ वर्षीय बमबहादुर लिम्बु सहित ३ जनालाई लागूऔषध गाँजा २० के.जी.५ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही : मलगंवा नगरपालिका-८ स्थित सडकमा बा.८ च ९०८ नम्बरको गाडीको एयर फिल्टर बक्स र चालक सिटकभर भित्र लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेपाम ७९ एम्पुल, नुर्पिmन ८० एम्पुल, फेनारगन ७७ एम्पुल, नाईट्राभेट १५ टयाब्लेट, स्पास्मो प्रोक्सिभन ८ टयाब्लेट, एटेन-ए १ सय ४० टयाब्लेट र कोफटेब-डि ६ टयाब्लेट सहित हरिवन नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने ३४ वर्षीय प्रवेश उप्रेती र चितवन भण्डरा घर भई हाल काठमाडौं महानगरपालिका-९ धुम्वराही बस्ने २६ वर्षीय प्रनेश भट्टाचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी : एकडारा गाउँपालिका-३ मजमरपट्टीबाट प्रहरीले लागूऔषध गाँजा ३३ के.जी. बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध तस्करहरुले गाँजा बेचबिखन गरी रहेको सूचना प्राप्त हुनासाथ मंगलबार राति खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तस्करहरुले प्रहरीलाई देख्नासाथ गोली फायर गरी गाँजा छाडेर भागेका थिए । फारर व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

