आगलागीबाट क्षति
दाङ, २ साउन
तुलसीपुर उपमहानगरपालिका–८ अश्वारास्थित शिवमाया बहुउद्धेश्य कृषि फारममा केराको चिप्स, नम्कीन बनाउने क्रममा बुधबार आगलागी हुँदा ९ क्विन्टल चिप्स र नम्कीन जलेर करीव ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

