सवारी दुर्घटनामा मृत्यु
दोलखा, २ साउन
भिमेश्वर नगरपालिका–४ स्थित सडकमा बा.१६ च २९५८ नम्बरको बलेरो जीप बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५६ वर्षीय चेतप्रसाद सापकोटा गम्भीर घाइते भएकोले उपचारको लागि सामूदायिक अस्पताल चरिकोट पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

