पहिरोमा परेर मृत्यु
गोरखा, २ साउन
शहीद लखन गाउँपालिका–६ घैरुङ अंधेरी बस्ने नवराज कुँवरको चार कोठे घरमा बुधबार माथीबाट पहिरो आई घरको कोठाको भित्ता सहित बगाउदा कोठा भित्र सुतिरहेका कुँवरको भान्जी २० वर्षीया सरु कुँवर, उनको ८ महिनाको छोरा युनिक कुँवर र ११ वर्षीया प्रविना कुँवरको घटनास्थलमै मृत्यु भएको छ ।
पहिरोमा नवराज कुँवर र उनकी श्रीमती भाग्न सफल भएका थिए । उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

